विमानस्थलमा भेटियो कुकरमा करिब १ किलो सुन

विमानस्थलमा खटिएको प्रहरीले करिब एक किलो सुन सहित प्रहरीले विमानस्थलबाट एक युवकलाई नियन्त्रणमा लिएको छ।

धनुषाका प्रकाश महरालाई नियन्त्रणमा लिएको त्रिभुवन विमानस्थलका प्रहरी एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए।

शङ्कास्पद गतिविधि देखियो त्यही क्रममा चेक गर्दा सुन फेला परेको हो। थप अनुसन्धान भइरहेको छ,ु एसएसपी बाँस्तोलाले भने।

उनी मङ्गलवार राती फ्लाइ दुवईको उडानबाट काठमाडौं ओर्लिएका थिए। सुरुमा प्रहरीले उनको साथमा रहेको ५० ग्रामको सुनको बाला नियन्त्रणमा लिएको थियो। त्यसपछि पनि स्क्रिनिङ मेसिनमा सुन देखिएको थियो। तर उनको झोला खोज्दा काही कतै केही भेटिएन। पछि उनले ल्याएको कुकुरको तल्लो भाग फोडेर हेर्दा सुन भेटिएको थियो।

ु घटनाको थप अनुसन्धान भइरहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments