एएफसीकप: नेपाल आर्मी र श्रीलंकाको पुलिस प्रतिस्पर्धा गर्दै

एसियाली फुटबल महासंघ एएफसीकपको प्रारम्भिक चरणको प्रतिस्पर्धामा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार श्रीलंकाको पुलिस स्पोट्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० मा सुरु हुनेछ ।

एएफसीको क्लब लाइसेन्सिङ नीतिअन्तर्गत यो प्रतियोतियोगितामा सहभागी हुने आर्मी पहिलो नेपाली टोली हो ।

आर्मीले प्रतिस्पर्धा गर्न लागेको यो प्रारम्भिक चरणको पहिलो खेल हो । यो खेलमा जित हात पारेको अवस्थामा आर्मीले प्रारम्भिक चरणको दोस्रो खेलमा भारतको बैंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ । त्यो खेलमा पनि विजयी भएको अवस्थामा आर्मीले ‘प्लेअफ’मा कम्बोडियाको विशाखा र इस्ट टिमोरको ललिनोक युनाइटेडमध्ये विजेता एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments