नरभक्षी बाघलाई सदर चिडियाखानामा ल्याएर राखियो

बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा ल्याएर राखिएको छ ।

आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो ।

यो बाघले आइतबार नै बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका गडकलाई बाघले आक्रमण गरेको थियो । गैंडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घास पनि जोहो गर्ने क्रममा बाघका आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूको मृत्यु भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments