खनाल–नेपाल समूहले आज वाग्मती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै

नेकपा एमालेको खनाल–नेपाल समूहले आज वाग्मती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै छ ।

आज राजधानीको एक पार्टी प्यालेसमा कार्यक्रम गरी समानान्तर कमिटी घोषणा गर्न लागीएको हो ।

वाग्मती प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालमध्ये एकजनालाई अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकमा झम्क नेपाल, नुवाकोटमा नारायण खतिवडा, मकवानपुरमा मनु सिग्देल, सिन्धुलीमा खड्ग खत्री र सूर्य पाख्रिनमध्ये एकजनालाई खनाल–नेपाल समूहले अध्यक्ष बनाउने तयारी गरेको स्रोतको दाबी छ ।

दोलखामा भीम दाहाल र प्रोणप्रसाद केसीमध्ये एकजना, भक्तपुरमा ध्रुव विस्टलाई अध्यक्ष बनाउने तयारी खनाल–नेपाल समूहको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments