आहा रारा गोल्डकपः संकटा सेमिफाईनलमा

सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोलले हराउँदै सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटाको जितमा खेलकाे ४३ औँ मिनेटमा फोफो माले गोल गरे । सङ्कटासँगै एपीएफ र अफ्रिकन रुट सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । 

प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा मङ्गलवार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।  

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments