बङ्गलादेशको भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ- परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सफल भएको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री ज्ञवालीले दुई देशका राष्ट्र प्रमुखबीचको भ्रमण र दुईपक्षीय छलफल, उच्चस्तरीय सहमति र सम्झौताले सम्बन्धलाई थप उचाइमा लैजान तथा आर्थिक साझेदारी र व्यापार प्रवद्धर्नका निम्ति ठोस उपलब्धी हासिल भएको स्पष्ट गर्नुभयो ।  

  बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत ९ र १० गते बङ्गलादेशको दुई दीवसीय राजकीय भ्रमण गर्नुभएको थियो । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले बङ्लादेशका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य राजनीतिक दलका नेतासँग दुई पक्षीय विषयमा केन्द्रित रही विचार विमर्श गर्नुभएको थियो ।    

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments