जेठ–असारमा कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्न सक्छ-स्वास्थ्यमन्त्री त्रिपाठी

सरकारले आउँदो जेठ र असारमा कोभिड–१९ सङ्क्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको हो ।

पछिल्लो समय कोभिड सङ्क्रमितहरू बढ्दै गएको र छिमेकी देश भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना नगरे जेठ, असारमा फेरि उच्च दरमा पुग्न सक्ने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments