भारतको महाराष्ट्रमा लकडाउन घोषणा

भारतको महाराष्ट्रमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएपछि प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेको छ।

आइतबार एकैदिन ५७ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएपछि मुख्यमन्त्री उद्धव ठाक्रेले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर सोमबारदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेका हुन् ।

नयाँ प्रतिबन्धअनुसार अत्यावश्यकबाहेकका सबै पसलहरू अप्रिल अन्तिमसम्ममा बन्द हुनेछन्। रेष्टुरेन्टहरूबाट टेक अवे र होम डेलिभरी सुविधामात्र हुनेछ। राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लगाइने छ। दिउँसो पाँच जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments