लागूऔषधसहित दुई जना पक्राउ

मोरङ र सुनसरीबाट शनिबार दिउसो लागूऔषधसहित दुई जना पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी ३ का ३३ बर्षीय बिक्रम गुरुङलाई पक्राउ गरेको हो ।

उनलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १५ ज्ञानचर्चमार्ग स्थितबाट खोटाङ दिप्रुङ ४ घर भई हाल धरान १५ मा डेरा गरी बस्ने २१ बर्षीय मिलन राईलाई लागूऔषध ब्राउन सुगर ९०० मिलिग्राम सहित पक्राउ गरिएको छ ।पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments