देशभरका शैक्षिक संस्था आजदेखि पून सञ्चालन हुदै

देशभरका शैक्षिक संस्था आजदेखि पून सञ्चालन हुदै छन् ।

वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो ।

बायु प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुन लागेको हो ।

यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए ।

सरकारको निर्णयपछि विश्वविद्यालयहरूले पनि आफ्नो परीक्षाबाहेकका नियमित कक्षा रोक्ने निर्णय गरेका थिए । चार दिन पठनपाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments