अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्,म सबैलाई बताउन चाहन्छु आज बिहान मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ। सबै सुरक्षालाई ध्यानमा राख्दै मैले आफूलाई घरमै क्वारेन्टाइन गरेको छु र आवश्यक चिकित्सा सहयोग खोज्दै छु।

साथै उनले आफूसंग सम्पर्कमा आएका सबैलाई सकेसम्म चाँडो कोरोना परिक्षण गराउन आग्रह गरेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments