म्यानमार: प्रदर्शनमा हालसम्म ५५७ मानिसहरु मारिए

म्यानमारमा सैन्य शासनको विरोध गरिरहेका प्रदर्शनमा हालसम्म ५५७ मानिसहरु मारिएको छन ।

१ फेब्रुअरीमा म्यानमारमा सैन्य कूपछि सैन्य शासकले सत्ता आफ्नो हातमा लिएका थिए र आङ सान सूचीसमेत छानिएको सरकारका विभिन्न अन्य नेतालाई हिरासतमा लिइएको थियो ।

यसविरुद्ध म्यानमारका नागरिक विरोध प्रदर्शन गरिरहेका छन् ।
‘द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स एएपीपी नामका एक कार्यकर्ता समूहले यो आँकडा जारी गरेको छ ।

यो समूह सैन्य कू पछि नै विरोध प्रदर्शनमा घाइते भएका र मारिएका मानिसहरुको गन्ती गर्ने काम गरिरहेका छन् ।

यो समूहका अनुसार बर्माका मानिसहरु सैन्य तानाशाहीको अन्त्यसम्म र लोकतन्त्रको बहालीसम्म विरोध प्रदर्शन जारी राख्नेछन् ।

प्रदर्शनमा मृत्यु हुनेहरुको बढ्दो संख्या पश्चात् पनि म्यानमारका विभिन्न शहरमा भइरहेको प्रदर्शनमा समावेश हुने मानिसहरुको संख्यामा कमी आएको छैन ।

शुक्रबारदेखि म्यानमारमा मोबाइल इन्टरनेट बन्द छ । फिक्स लाइनको प्रयोग गर्ने मानिसहरुमात्रै इन्टरनेटको प्रयोग गर्न सकिरहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments