कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गर्‍यो-बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेको भन्दै त्यसको सराहना गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै अरु प्रतिपक्षी दललाई पनि आफ्नो कर्तव्य नभुल्न आग्रह गरेका छन् । ‘अन्ततःप्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ,’ उनले लेखेका छन्, ‘अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।’

कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै अगुवाइमा नयाँ सरकारका बनाउने निर्णय गरेको थियो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments