सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा स्वयम्भु क्लब र विरगंज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । स्वयम्भु र विरगंजबीचको खेल १२:३० बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा महाबिर क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ । महाबिर र समाजबीचको खेल दिउसो ३:३० बजे सुरु हुनेछ ।

लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments