नेकपा एमालेको खनाल–नेपाल समूहको बैठक बस्दै, राष्ट्रिय अभियानको घोषणा हुने

नेकपा एमालेको खनाल–नेपाल समूहको बैठक शनिबार पनि बस्दैछ ।

शनिबार दिउँसो बस्ने बैठकबाट संगठन अभियान घोषणासहित विभिन्न कार्यक्रम तय गरिने बताइएको छ ।

खनाल–नेपाल समूहको बैठक शुक्रबार पनि कलङ्की उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बसेको थियो । बैठकमा राष्ट्रिय अभियानको घोषणा र तल लैजाने दस्तावेजबारे छलफल भए पनि निष्कर्ष निस्किएको थिएन । आज बस्ने बैठकले अभियानको घोषणा गर्ने र दस्तावेजलाई अन्तिमरूप दिने बताइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिने निलम्बनको घोषणा गरेपछि सो समूहले निरन्तर बैठक र भेला गर्दै आएको छ ।

हिजोको नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने ओलीको निर्णय पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको ठहर गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments