मोरङमा शनिबार रातिदेखि निषेधाज्ञा

मोरङमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको जारी गरेको छ ।  

कोरोना भाइसको संक्रमित संख्या बढ्न थालेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको कोभिड क्राइसिस व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

शनिबार (वैशाख १८ गते)राति १२ बजेदेखि लागु हुने गरी १ साताका लागि निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । 

कोरोनाको संक्रमणबाट बढी प्रभावित विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकाका सबै वडामा निषेधाज्ञा लागु हुनेछ । कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाका साथै भारत र सुनसरी जिल्लासँग जोडिएको सीमा क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको प्रजिअ निरौलाले बताए । जिल्लाभर बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न नपाइने भएको छ ।  

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments