भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ३ लाख ८६ हजार ४५२ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा संक्रमणको कारण ३ हजार ४९८ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ८७ लाख नाघेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २ लाख ८ हजार ३३० पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३१ लाख ७० हजार नाघेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments