पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

  केही दिनयता वीरगञ्जस्थित डेरामा राखेर उपचार भइरहेको थियो ।  उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको परिवारका सदस्यले बताएका छन् ।

उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments