गण्डकी प्रदेशमा तीन दलद्वारा सुरक्षाको माग

गण्डकीका तीन दलले सुरक्षाको माग गरेका छन् ।

प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ ।

मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश हुने भएपछि विधेयक अधिवेशन हठात अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन माननीय खीमविक्रम शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नुका साथसाथै जीवनरक्षाको समेत आग्रह गर्नुभएको शृङ्खलाबद्ध घटनाक्रमले आफूहरूलाई दुःखित र आश्चर्यचकित बनाएको जनाएका छन् ।।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments