नेकपाका केन्द्रीय नेता माइला लामा थुनामुक्त

जिल्ला कारागार सङ्खुवासभामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार थुनामुक्त भएका छन् । 

सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा भएकाे बताइए पनि सरकारले  मुद्दा फिर्ता लिने सहमति पालना नगरेकाले लामा धरौटी तिरेर छुटेको विप्लव समूहका नेताहरूले बताएका छन् ।

सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments