निषेधाज्ञामा नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने

कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको पहिलो दिन ४ सय बढि सवारी साधनलाई प्रहरीले होल्ड गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर ९१ वटा गाडी समेत गरेर ४ सय ११ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले जानकारी दिनु भयो ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक र प्रहरीको संयुक्त टिमले काठमाडौंका ४४ ठाँउमा चेकजाँच गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंकाले जनाएकाे छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments