बाँकेमा थप आठ जना संक्रमितको उपचारकै क्रममा मृत्यु

 बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार गराईरहेका थप आठ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ ।

उनिहरुको मृत्यु गए राती ९ बजेदेखि विहिबार विहान ८ बजे भित्र भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार नेपालगञ्ज १३ का ५८ वर्षिय पुरुष, कोहलपुर ११ की ४३ वर्षिया महिला, नेपालगञ्ज ९ का ४२ वर्षीय पुरुष, बर्दिया, बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज ५ निवासी ५५ वर्षीय पुरुष, लम्की चुहा नगरपालिका १ कैलालीका ४३ बर्षिय पुरुष तथा खजुरा गाउँपालिका २ का ६७ वर्षिया महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट हालसम्म बाँकेका मात्रै १०६ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका १०९ जनाको मृत्यु भइसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments