सांसद शाहीलाई किन बन्दी बनाएको ? – जनमोर्चा

राष्टिय जनमोर्चाले सरकारलाई आफ्नो सांसदलाई किन बन्दी बनाएर राखेको भन्दै सरकारसँग प्रश्न गरेको छ।

बुधबार गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि आफ्ना संसद्  खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएर राखेको जनमोर्चाले आरोप लगाएको छ।

‘गण्डकी प्रदेशमा भएको संसदको गतिविधिलाई लिएर कैयौं प्रश्नहरू उठिरहेका र टिकाटिप्पणी भइरहेका छन्। त्यसबारेमा राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरिएको छ। गण्डकी प्रदेशको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने हाम्रो पार्टीको प्रष्ट र दृढ नीति छ।’जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा लेखेकी छिन् .

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments