बुधबार सुनको मुल्यमा ७ सय रुपैयाँले गिरावट

आज सुनको मुल्यमा गिरावट आएको छ ।

बुधबार ७ सय रुपैयाँले सुन प्रतितोला घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, ९० हजार ७ सय रुपैयाँमा बुधबार कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।

त्यसैगरी, चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments