दिल्लीलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटकाे जारी खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् ।

जितपछि ६ खेलबाट १० अंक जोडेको बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । ६ खेल खेल्दा दोस्रो हार व्यहोरेको दिल्ली ८ अंकसहित तेस्रो स्थानमा छ । दिल्लीसँग समान अंक भए पनि चेन्नाई सुपर किंग्स रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments