गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका ३ जना सांसद कोरोना संक्रमित भएका छन्।

कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन्।

प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार सत्तारुढ एमालेले सांसदको पिसिआर परिक्षण गर्न माग गर्दै संसद अवरोध गरेपछि मंगलबार नै उनीहरुको स्वाब लिएको थियो।

उक्त स्वाब परिक्षण गर्दा ३ जना सांसदको रिपोर्ट पाजेटिभ आएको तर नाम भन्न नमिल्ने प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको बेला संक्रमणको खबर सार्वजनिक भएको हो । प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ ।

पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments