सत्तारुढ एमालेले गर्‍यो गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेको छ । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव विशेष अधिवेधनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ ।

एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुख अधिकारीले १८ मिनेटका बैठक स्थगित गरेका छन् । 

वैशाख २ गते २८ सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेबाट विशेष अधिवेशन बोलाएका थिए ।

सोमबार दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने पक्का जस्तै छ । कांग्रेस, माओवादी र जसपाका गरी २८, जनमोर्चाका ३ जना गरी ३१ जना विपक्षीसँग छ । एमालेका २७ सांसद छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments