काठमाण्डाै उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा

काठमाण्डाै उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा घाेषणा गरिएकाे छ । साेमवार बसेकाे काठमाण्डाै उपत्यकाका काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञाकाे आदेश जारी गरेकाे हाे । 

निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी दुवै गाडी नचल्ने प्रशासन कार्यालयले निकालेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

बैठकले सबै प्रकारका सभा, सम्मेलन, गाेष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनाेरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना आदि सञ्चालन गर्न नपाइने निर्णय गरेकाे छ । यस्तै विवाह, ब्रतबन्धकाे हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डकाे पालना गर्ने गरी जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर मात्र गर्न पनि आदेश जारी गरिएकाे छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments