सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ ।

कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यही वैशाख १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

यस्तै बाँकेमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments