जनताकाे स्वास्थ्यमा खेलबाड नगराैँ : प्रचण्ड

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने आशंका बढाएको बताएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

प्रचण्डले श्रमजीवि जनसमुदायलाई बढी असर पर्ने भएकाले खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रसँग पनि अपिल पनि गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments