ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र चितवनबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर उद्घाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो ।

राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको कप्तानीमा चितवन मैदान उत्रने छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल २५ खेल हुनेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments