मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल हुँदै

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै छ ।

प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा २ वैशाखमा अविश्वासको प्रस्ताव दर्तासँगै सोही दिन २८ सांसदले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका थिए ।

६ वैशाखमा प्रदेश प्रमुख अमिक शेरचनले १३ वैशाखका लागि अधिवेशन आह्वान गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङविरुद्ध काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई गरी २८ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

अधिवेशन सुरुसँगै पहिलो बैठकमै अविश्वासको प्रस्ताव टेबुल हुने भएको छ । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments