मनमोहन अधिकारीको २२ औं स्मृति दिवस आज मनाइँदै

पूर्व–प्रधानमन्त्री एवं कम्युनिष्ट नेता मनमोहन अधिकारीको २२ औं स्मृति दिवस आज उहाँको राजनीतिक योगदानको स्मरण गरी मनाइँदैछ ।

नेपालको पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा लोकप्रिय नेता अधिकारीको हरेक वैशाख १३ गते स्मृति दिवस मनाउने गरिन्छ । अधिकारीलाई विश्वकै इतिहासमा समेत पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा लिइन्छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यसमेत रहेका अधिकारी २०५१ को मध्यावधि निर्वाचनपछि प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँ नेतृत्वको सरकारले ‘आफ्नो गाउँ आफै बनाऊँ’ कार्यक्रम र वृद्धभत्ता लगायतका लोकप्रिय कार्यक्रमहरु सुरुआत गरेको थियो । २०४६ को जनआन्दोलनताका नेकपा मार्क्सवादीका अध्यक्ष रहनुभएका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्नुभएको थियो । उहाँको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments