उपत्यकाका तीन वटै सिडिओ कार्यालयमा अत्यावश्यकबाहेक काम बन्द

राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।

आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका हुन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments