पुल निर्माण गरिरहेका पाँच जना मजदुर नदीमा खसे

त्रिशूलीमा पुल निर्माण गरिरहेका पाँच जना मजदुर नदीमा खसेका छन्।

तीन जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले बताए।

आज बिहान ९ बजेतिर नदीमा खसेका पाँच जनामध्ये तीन जनाको उद्धार गरिएको छ। उद्धार गरिएका तीनै जनालाई उपचारका लागि भरतपुरतर्फ लगिएको छ। बेपत्ताको खोजी भइरहेको एसपी अधिकारीले बताए।

भरतपुर महानगरपालिका–१ ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने २२० मिटर लामो पुल निर्माण भइरहेको थियो। यो पुलको चौडाइ ८.५ मिटर रहेको छ।



RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments