भूकम्पको छैठौं स्मृति दिवस चेतनामूलक कार्यक्रम गरी मनाइँदै

छ वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पको छैठौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, अहिलेसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ।

२०७२ साल वैशाख १२ गते शनिवार मध्याह्न ११ः ५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यस भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments