कोरोना संक्रमित महिलाको मृत्यु

कैलालीमा ६२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ की महिलाको मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत ती महिलाको आइतवार बिहान साढे ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनमा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments