गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमोर्चाको निर्णय

राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

हिजो बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले दुवै प्रदेश सरकारलाई दिएको समर्थन् फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ती जारी गरेर गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारविरुद्धका अविस्वासको प्रस्तावको समर्थन गर्ने बताउनुभएको हो ।

गण्डकी प्रदेश सरकारको विरुद्धको अविश्वासको प्रस्तावमा भोली छलफल हुँदैछ । उक्त प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन पठाइसकिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments