कोरोना महामारी पुनः तीव्र रुपमा फैलिँदै गएपछि सङ्कटकालको घोषणा,

कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिँदै गएपछि जापानमा फेरि सङ्कटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो ।

सङ्कटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ । कोरोनाभाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् ।  विषेश गरेर भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्ने लगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments