अक्सिजनको अभावमा भारतमा २५ जना कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना संक्रमितहरुले त्यहाँ अक्सिजन समेत पाउन छाडेका छन् ।

कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गए पछि त्यहाँ अक्सिजनको अभाव भएको छ । राजधानी दिल्लीस्थित सर गंगाराम अस्पतालमा अक्सिजनको अभावमा पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ ।

दिल्लीमा अक्सिजनको अभावले बिरामी छटपटाईरहेको भिडियो भारतीय सञ्चार माध्यमहरुले प्रसारण गरिरहेका छन् ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार ७३० जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख ६३ हजार ६९५ पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments