बाबुराम भट्टराईको अपील : जसपा एकताको रक्षा गराैं

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा एकताको रक्षा गर्न अपिल गरेका छन् ।

हिमाल, पहाड, तराई–मधेश जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रुपमा स्थापित जसपालाई सबैखाले अवसरवाद र देशी–विदेशी षडयन्त्रबाट बचाउँदै देशको नेतृत्वदायी स्थानमा पुर्याउन उनले अपिल गरेका छन् ।

जनता समाजवादी पार्टी स्थापना भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा शुभकामना दिदै भट्टराईले सो अपील गरेका हुन् ।

समाजिक सञ्जालबाट अपिल गर्दै उनले भने, जसपाको मूल आदर्श समावेशी, लोकतन्त्र, संघीयता, सुशासन, समतामूलक समृद्धि र समुन्नत समाजवादलाई कहिल्यै नबिर्सन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर २०७७ वैशाख १० गते जसपा नेपाल स्थापना भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments