अखिल क्रान्तिकारी प्रवक्ताको जिम्मेवारी मैनालीलाई

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेकपा एमालेमा लागेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको छ ।

निस्कासित हुनेहरुमा सचिवद्वय डिबी साउद (अछाम) र गंगा दाहाल (सिन्धुली)लगायत छन् ।

हालै बसेको केन्द्रीय समितिको विस्तारित बैठकले संगठनमा निष्कृय रहेका ३३ जनालाई विदाई र संगठन छाडेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको प्रवक्ता जीपी मैनालीले जानकारी दिए । 

अखिल क्रान्तिकारीको उपमहासचिवसमेत रहेका मैनालीले बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका छन् । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments