नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्दै छ ।

बैठकमा नेताहरुले दिएकाे स्पष्टीकरणकाे जवाफलगायत विषयमा छलफल हुने जानकारी दिनुभयो । 

६ गतेको बैठकले खनाल-नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् ।

यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुने बताइएको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments