इन्डोनेसियाली नौसैनिक पनडुब्बीको तीव्र खोजी

इन्डोनेसियाली नौसैनिक पनडुब्बीको खोजी कार्यलाई तीव्र बनाइएकाे छ ।

नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै पनडुब्बी बेपत्ता भएको थियाे ।

इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन्।

बुधबार समुद्रमा डुबेको आशंका गरिएको उक्त जहाजबाट चुहिएको तेल समुद्रको सतहमा देखिएको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त पनडुब्बी समुद्रको निकै गहिराइमा डुबेको अनुमान गरिएको छ।

रक्षा विश्लेषकहरुका अनुसार, केआरआई नाग्गाला ४०२ नम्बरको पनडुब्बीमा धेरै दिनसम्म पुग्ने गरी अक्सिजन रहेको भए पनि जहाज समुद्रको करिब ७०० मिटर गहिराईमा पुगेर टुक्राटुक्रा हुन सक्नेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments