नेपाल-खनाल समूह सांसदहरुसहित छलफलमा

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह सांसदहरुसहित छलफलमा जुटेको छ ।

स्पष्टिकरणको जवाफ तय गर्न नेता नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफलमा जुटेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले कारबाही किन नगर्ने ? भन्दै तीनदिने स्पष्टीकरण सोधेपछि जवाफ दिनुअघि छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिन उनीहरुका लागि बिहीबार मध्याहन्नसम्मको समय छ ।

स्पष्टिकरणको जवाफ चित्त नबुझे ओलीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदबाट निष्काशन गर्न सक्ने छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments