पर्सामा कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१६, नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments