नेपाली सेनाको चक्रपथ परिक्रमा,

नेपाली सेनाको बख्तरबन्द गाडीहरूले राति चक्रपथ परिक्रमा गर्ने भएका छन्। नियमित अभ्यासका लागि राति बख्तरबन्द गाडीहरूले काठमाडौं उपत्यकाको चक्रपथ चक्कर लगाउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यलले जानकारी दिए।

ट्‌विट गर्दै नियमित अभ्यासको योजना भएको जानकारी दिएका हुन्। माघ २१ गते आठ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको बताए।

नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको छ । ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments