प्रतिपक्षी नेपाली काँग्रेसले सर्वदलीय बैठक बोलायो,

प्रतिपक्षी नेपाली काँग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न चार बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

आइतबार दिउँसो बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट संसद् विघटनको निर्णय लिएको भन्दै सडकमा जाने निर्णय गरेको थियो ।

आइतबार नेकपाको पहलमा तीन दलका नेताहरुको काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो ।

यसको विरोध गर्ने र संयुक्त रुपमा प्रतिवाद गर्ने थप रणनीतिका बारेमा आजको बैठकमा छलफल हुने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments