प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा देउवा नजाने,

प्रधानमन्त्री ओलीले बिहीबार साँझ बोलाएको संवैधानिक परिषद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता नजाने बताए।

मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। यो अध्यादेश फिर्ता लिन सत्तापक्ष साथै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि माग गरेको थियो।

पार्टीले अध्यादेश फिर्ता लिन माग गरेको छ, फिर्ता नभएसम्म परिषद बैठकमा सहभागी हुन नेता जानुहुन्न, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments