लामो समय पछि सूचीकृत भयो माइक्रोफाइनान्सको बोनस सेयर, तपाइको खातामा आयो ?

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ३२ दशमलव ५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ ।
मंगलवार कम्पनीले उक्त बोनस शेयर वापतको १२ लाख २७ हजार ४३४ कित्ता शेयर सूचीकृत गराएको हो ।

बुधवारदेखि यो शेयर धितोपत्र दोस्रो बजारमा कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यो शेयर कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत पुस २९ गते यो बोनस शेयर पारित गरेको थियो ।

बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले उक्त सभाबाट १२ दशमलव ५० प्रतिशत नगद लाभांश समेत पारित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments